Hanuman Chalisa in Nepali | हनुमान चालिसा ( नेपाली अनुवाद ) | Composer and Singer: Bhawin Dhungana

Hanuman Chalisa in Nepali | हनुमान चालिसा ( नेपाली अनुवाद ) | Composer and Singer: Bhawin Dhungana

Hindi Sai Bhajan Lyrics Mp3 Download Devotional Bhajan #BhaktiGaane #DevotionalSongs #HanumanBhajan #BabaHanumanBhajan #Hanuman #HanumanBaba


Title : Hanuman Chalisa in Nepali | हनुमान चालिसा ( नेपाली अनुवाद ) | Composer and Singer: Bhawin Dhungana
Published By: Trending Nepal
Date: 2020-04-07 11:32:05
Category: #Hanuman Chalisa
Label: Youtube
Video Duration : 00:13:10
Download Now: MP3 | MP4 | M4A




Songs Info :There are very beautiful bhajan Hanuman Chalisa in Nepali | हनुमान चालिसा ( नेपाली अनुवाद ) | Composer and Singer: Bhawin Dhungana that will hear you become
disturbed, many such Bhajans are available in Bhaktigaane, listen to yourself and also tell others and share them together to help us


Songs Info : बहुत ही सुन्दर भजन हैं स्पेशल ! Hanuman Chalisa in Nepali | हनुमान चालिसा ( नेपाली अनुवाद ) | Composer and Singer: Bhawin Dhungana जिसे सुनकर आप भाव विभोर हो जायेंगे ऐसे ही बहुत सारे भजनो का संग्रह हैं भक्तिगाने में मिलेगा , खुद भी सुने और दुसरो को भी सुनाये और साथ में शेयर कर हमें सहयोग प्रदान करे



Hanuman Chalisa | हनुमान चालिसा ( नेपाली अनुवाद ) | Composer and Singer: Bhawin Dhungana | Nepali Translation: Bhanu Bhakta Neupane

हनुमानचालीसा
छन्दः वसन्ततिलका
अनुवादकः भानु भक्त न्यौपाने
स्वर/संगीतः भविन ढुंगाना

पर्दै गरू शरणमा म विनम्रताले
पादारविन्दरजले मन धुन्छु पैल्ये ।
श्री रामचन्द्र गुण वर्णन गर्न बढ्छु
जसबाट चार फल मिल्छ म कृत्य हुन्छ ।
अज्ञानी छु म हनुमन् ! अघि बढ्नलाई
विद्या र बुद्घि वल देऊ अनाथलाई ।
हे आञ्जनेय ! भव सागरबाट तार
संसारको दुःख र कष्ट सबै नियाल ।
हे रामभक्त ! गुण शील र ज्ञान रुप
जस्को प्रताप परिपूर्ण छ तीन लोक ।
श्री रामदूत भगवन ! बलबाहू गण्य
हौ अञ्जनीपवनका सुतनामधन्य ।
वज्रङ्गवीर वलशीलहजूर नै हौ
दुर्बुद्घि दूर गरि सन्मतिदातृ नै हौ ।
त्यो स्वर्ण झैं चमकिंदो छ शरीर आभा
झन् कर्ण कुण्डल र केश सुरम्य शोभा ।
तिम्रा सहस्तद्वयमा छ ध्वजा र बज्र
यज्ञोपवीतअति शूद्घ छ काँधभित्र ।
हौ सन्ततिशिवजीकातिमी अर्चनीय
हे केशरी तनय छौ जगवन्दनीय ।
हे रामभक्त गुण ज्ञान र शील मूर्ति
हौ राम सेवक सदातुर दिव्य दृष्टि ।
छौ रामचन्द्र प्रभुमा तिमी दत्तचित्त
श्री राम लक्ष्मण सिता मन चित्रभित्र ।
अत्यन्त सूंक्ष्म भइ जानकी भेट गर्ने
लंकापुरी दहन गर्न विशाल बन्ने ।
श्री भीमरुप धरी दैत्य असंख्य मायौ
श्री कौशलेय मनको बह ध्वस्त पार्यौ
सञ्जीवनी बुटि लिई लक्षुमण जियायौ
खूशीप्रभू हुनुभयो यशकीर्ति पार्यौ ।
प्यारो गरेर लक्षुमण सरि भाइमानी
श्री रामले वर दिए वनकीर्ति मानी ।
श्री शेषबाट गुण औ यशको छ चर्चा
श्री रामन्द्र दिनहूँ गर्छन् प्रशंसा ।
ब्रम्हादिनारद मुनीः सनकादि गणले
तिम्रै सुकीर्ति गुण गाउँदछन् सबैले ।
दिक्पाल् कुबेर यमराज सबै जहाँ छन
गीतानुवाद गुणगान् सब नित्य गर्छन् ।
रामकै शूभौशिष मिली हनुमान जाग्यौ
शुग्रीवलाई पुनः भूपतिमा पुर्यायौ ।
कान्छा बिभीषण बने नवभूपलका
तिम्रै छ हेनु यसमा अरु छैन शंका ।
लाख्मील दूर नभ मण्डल माथि सूर्जे
देखी मिठो फल भनेर कुद्यौ प्रवेगले ।
मुखमा लिएर अउँठी गतिशीलतामा
वैषम्य सागर तर्यौ मन जानकीमा ।
यो विश्वमा कति कठीन छ गर्नकार्य
तिम्रै कृपालु मनले हुन सक्छ सार्थ ।
हौ द्वारपाल तिमी राम अनन्यभक्त
आज्ञा मिले शरण रामनिवास मिल्छ ।
तिम्रै कृपा छ सब सद्गतिको मुहान
गर्छौ सधैं निडर भै प्रभुमा प्रणाम ।
बाहुल्यशक्ति तिमी आफू सम्हालि राख्ने
हुँकारबाट तीनलोक आसाध्य काँप्ने
जो भक्त छन् सुजनमा कहिल्यै खिलाप
गर्दैन भूत र पिशाच भई हतास ।
जो नित्य जप्छ हनुमन् जपनाम तिम्रो
सम्पूर्ण रोग हटि हुन्छ त्यही निरोगो ।
सत्कर्म मन बचनमा हनुमानलाई
राखे सदैव सब शंकट जान्छ भागी ।
आदर्श रामभगवान थिए तपश्वी
भू भार हर्न सब साथदियौ यशश्वी ।
तिम्रा सुभक्तजति छन् संग साथ रम्छन्
आºना मनोरथ सबै परिपूर्ण गर्छन् ।
त्रेता र सत्य कलिद्वापर चार युगमा
तिम्रो प्रताप र प्रभाव छ पूर्ण रुपमा ।
साधू र सन्तहरुको गरछौ सुरक्षा
छौ दैत्य नाशककपी प्रियराम रक्षा ।
दाताबन्यौ नवनिधी अनि अष्टसिद्धि
श्री जानकी खुश भएर कृपा गरिन् कि?
छौ रामभक्त अनुरक्त सधैं तयारी
हे दीनबन्धु ! प्रभु प्रेम दियौ सजाई ।
तिम्रा भजन र गुण कीर्तनबाट भक्त
श्री रामकै नजिकछन् बनिमुक्तजीव
तिम्रो अनुग्रह मिले पछि मृत्यु मुक्त
रामकै निवास पुगि भक्त हुनेछ उच्च ।
हे रामभक्त अनुरक्त बन्यौं तिमीमा
क्वै छैन देव प्रभु तुल्य अरु मनैमा ।
जो सम्झना गरिरहन्छ कपीशनित्य
भाग्नेछ संकट सबै सुख स्वर्ग तूल्य
गर्छौं पुकार जयकार गरी सदैव
गद्र्यौ कृपातिमी त उच्च सुदेव तुल्य ।
यो ‘चालिसा’ कन पढे शय पल्ट मात्र
त्यो भक्त हुन्छ भवसागरबाट मुक्त ।
जो चालिसा पढदछन् हनुमानमन्त्र
पीडा र कष्ट हटि हुन्छ खुला स्वतन्त्र ।
बाधा र बन्धनहरु सब चूर्ण पारी
भोगुन गुरु जनमहान सुख स्वर्ग भारी ।
श्री रामचन्द्र प्रभूको म अनन्य भक्त
सम्झें तिमी ह्दयमा बस पञ्चवक्र ।
यो तुलसीदास कपिभक्त बुझी रमाऊ
हे आञ्जनेय ! मन आसनमा सजाऊ ।
श्री राम लक्ष्मण सितात्रय साथआई
हे वज्रधारी ! सब मङ्गलका पुजारी ।
गर्छु पुकार मनमन्दिरमा सजाई
वास गर्नु वीर हनुमान सदा रमाई ।
गर्छौं पुकार जयकार गरी सदैव
गद्र्यौ कृपातिमी त उच्च सुदेव तुल्य ।
गर्छु पुकार मनमन्दिरमा सजाई
वास गर्नु वीर हनुमान सदा रमाई ।

#HanumanChalisa #HanumanChalisaInNepali #NepaliBhajan .



Download-Button1-300x157

#Hindidevotional #Hindibhajan #hindibhajan #latestbhajan #kirtan #lord #bhagwan #popularbhajan
#lyricalsongs #lyricalbhajan #Live #audio #fullHD #aarti #katha #hearttouching #devotionalsongs
#lyricalvideos #BhajanGanga #SanskarBhajan

Shree, Sri, Shri, Lord, God, Bhagwan, Jai, Jay, Karma, Peace, Value, Sanskar, Hindu, Religion,
Sect, Bhajan, Aarti, Song, Chalisa, Praise, Mantra, Meditation, Mind, Enlightenment, Devotional,
Guru, Guide, Divine, Force, Temple, Yoga, Dance, Pooja, Archana, Hare, Healing, Master, Teaching,
Sanskrit, India, Culture, Daily, Life, Prayer, Ram, Sita, Shiva, Shankar, Ganesh, Ganpati,
Krishna, Laxmi, Saraswati, Hanuman, Sai Baba, Kali, Durga, Ambe, Shreenathji, Maa, Hindi, MP3,
Download, Stotra, Vishnu, Mahalaxmi, Ramayan, Gayatri, Free, Album, Sangraha



Pleas Like And Share This @ Your Facebook Wall We Need Your Support To Grown UP | For Supporting Just Do LIKE | SHARE | COMMENT ...


Leave a Reply

Your email address will not be published. Required fields are marked *